Section 6
दण्ड सजाय
(१) कसैले दफा ४ बमोजिम पालन गर्नुपर्ने कर्तव्य पालन नगरेमा निजलाई तोकिएको अड्डा वा अधिकारीले रु.५००।– पाँचसयसम्म जरिवाना वा तीन महीनासम्म कैद वा दुवै सजाय गरी त्यस्तो कागजपत्र आफ्नोे कब्जामा लिन सक्नेछ ।
(२) दफा ५ बमोजिम मालपोत असुल तहसील गर्नुपर्ने कर्तव्य भएकाले कानुनबमोजिम असुल तहसील नगरेमा वा तत्सम्बन्धी अन्य कुनै कर्तव्यको पालन नगरेमा तोकिएको अड्डा वा अधिकारीले त्यसबाट नेपाल सरकारलाई भएको हानी नोक्सानी निजको घर घरानाबाट असुल उपर गरी निजलाई रु.१,०००।– एक हजारसम्म जरिवाना वा छ महिनासम्म कैद वा दुवै सजाय गर्न सक्नेछ ।
(३) … … …